असार २५, २०८२ बुधबार July 9, 2025

उद्योग वाणिज्य महासंघको ५४औं साधारणसमा साउन २६ र २७ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसमा साउन २६ र २७ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको पदाधिकारी बैठकले आगामी साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष भवानी राणाले जानकारी दिएकी छन । सरकारले २१ गतेदखि लकडाउन खुला गर्ने भनेकाले महासंघको साधारणसभा साउनमा गर्ने निर्णय गरिएको उनले बताइन् ।

महासंघले साधारणसभाका लागि ललितपुरस्थित ह्‍यारिटेज प्लाजा बुकिङसमेत गरेको छ । राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठानले बुकिङ सुरु नगरिसकेकाले ह्‍यारिटेज प्लाजा बुकिङ गरिएको अध्यक्ष राणाले बताइन् ।

पदाधिकारीको निर्णयलाई आज बस्‍ने कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नेछ।

गत चैत २८ र २९ गते हुने तोकिएको साधारणसभा कोरोनाका कारण स्थगित हुँदै आएको थियो। महासंघको आसन्‍न साधारणसभा चुनावीसभा पनि हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया