भाद्र २९, २०८३ सोमबार September 14, 2026

आफन्तवादलाई ‘कर्म’ सँग जोडेर फसिन् सोनम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बलिउड अभिनेत्री सोनम कपूर एउटा ट्वीटका कारण हाल ट्रोल भएकी छन् । उनको धेरैले आलोचना गरेका छन् । सोनमले आइतबार फादर्स डेको अवसरमा गरेको ट्वीटलाई लिएर ट्रोल भएकी हुन् । उनी आइतबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रहिन् ।

उनले पितालाई समर्पित गर्दै ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डे को अवसरमा म तपाईँहरुलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिजेज अर्थात विषेशाधिकार मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरो पिताले कडा मेहनत गर्नु भएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिए र कुन परिवारमा जन्मिए । मेरो पिताको छोरी हुनुमा मलाई वर्ग छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया