वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनेभा (स्विट्जरल्यान्ड), चैत २९ गते । स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ ।

सम्मेलनमा सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताउनु भएको छ ।

उहाँले स्विट्जरल्यान्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको बताउनु भएको छ ।

यसैबिच स्विस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्विट्जरल्यान्डले युक्रेनमा शान्ति सम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको उल्लेख छ ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रही युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो । यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सहभागिता रहने छ ।

प्रेस विज्ञप्तिका अनुसार, स्विट्जरल्यान्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ ।

यसैबिच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्विट्जरल्यान्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए । परिणामस्वरुप स्विट्जरल्यान्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार