वैशाख २०, २०८१ बिहिबार May 2, 2024

घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार

युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।

गएराती सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।

त्यस्तै गएराती नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २-० ले पराजित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया