वैशाख २०, २०८१ बिहिबार May 2, 2024

साउदी सुपर कपको उपाधि अल हिलालले जित्यो

अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।

योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया