श्रावण १२, २०८१ शनिबार July 27, 2024

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र उपाधि नजिक

सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ ।

मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देबेन्द्र तामाङले एक–एक गोल गरे । मच्छिन्द्रले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेलको ३० औं मिनटमा बिमल घर्ती मगरको गोल मार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई बिमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै शानदार गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा देबेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नर बलमा देबेन्द्रले हेडिङ मार्फत गोल गरेका थिए । राष्ट्रिय टिमका अनुभवी खेलाडी सहित मैदान उत्रिएको मच्छिन्द्र सामु सिराहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेलेपनि मच्छिन्द्रको अग्रतापछि सिराहाका खेलाडी लयमा देखिएनन् । विमल घर्तीमगर, मनिष डाँगी जस्ता खेलाडी सहित सिमरा रङ्गशालामा उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।

पहिलो हाफमै फराकिलो अग्रता बनाएको मच्छिन्द्रले दोश्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोश्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा पहिलोपटक सहभागि भएको प्रतियोगिताबाट बाहिरिंदा मच्छिन्द्र पहिलोपटक प्रतियोगिताको फाइनल पुगेको हो ।

खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्तीमगर घोषित भए । शुभारम्भ कलेज म्यान अफ दि म्याचको ट्रफि सहित १० हजार प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा।राहुल झाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबका विच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार