मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपालद्वारा कतार ३२ रनले पराजित

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो ।

उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए । साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले १९, कमरान खानले १८ रन बनाए । कतारका बाँकी ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले समान दुई/दुई विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे । उन्नाइस ओभरसम्म एक सय ७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको छ छक्काको सहयोगमा दुई रन १० रनको विशाल योगफल बनाउन सफल भएको थियो ।

युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्ड विरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा छ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । साथै ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गुलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए ।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

जितसँगै समूह ‘ए’मा रहेको नेपाल अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलमा दुई जितसँगै चार अङ्क बटुलेको छ । एक खेलमा एक जितका साथ हङकङ दोस्रो, दुई खेलमा एक जित र एक हारका साथ मलेसिया तेस्रो, एक खेलमा एक हारका साथ साउदी अरेबिया चौथो र दुई खेलमा दुई हारका साथ कतार पाँचौँ स्थानमा छ ।

साथै समूह ‘बी’ दुई खेलमा दुई जितका साथ यूनाइटेड अरब एमिरेट्स पहिलो स्थानमा छ भने दुई खेलमा एक जित र एक हारका साथ कुवेत दोस्रो स्थानमा छ । एक खेलमा एक जितका साथ ओमान तेस्रो, दुई खेलमा दुई हारका साथ बहराइन चौथो र एक खेलमा एक हारका साथ कम्बोडिया पाँचौँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार