वैशाख १८, २०८१ मंगलबार April 30, 2024

जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम

१४ वर्षसम्मको उमेरका व्यक्तिहरू ३ लाख २९ हजारबाट लगभग १४.१७ मिलियनमा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, वैशाख १ गते । जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गैर–जापानी बासिन्दाहरू पाँच लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसाङ्ख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसङ्ख्या आठ लाख ३७ हजार वा ०.६९ प्रतिशतले घटेर १२ करोड ११ लाख ९३ हजार रहेको छ ।

अक्टोबर १, २०२३ मा १२ करोड ४३ लाख ५२ हजार रहेको थियो । ७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको सङ्ख्या सात लाख १३ हजार बढेर २०.०८ मिलियन पुगेको छ । १४ वर्षसम्मको उमेरका व्यक्तिहरू ३ लाख २९ हजारबाट लगभग १४.१७ मिलियनमा पुगेका छन् ।

कुल जनसङ्ख्याको ११.४ प्रतिशत मात्रै रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा कम बालबालिकाको सङ्ख्या हो । यसैबिच, विदेशी राष्ट्रिय जनसङ्ख्या दुई लाख ४३ हजारले बढेर बढेर लगभग ३.१६ मिलियन पुगेको छ ।

मन्त्रालयका अनुसार जापानमा तीन महिना वा सोभन्दा बढी समय बसेका विदेशी कामदार र विद्यार्थीलाई कुल जनसङ्ख्याको आँकडामा गनिएको थियो । देशको ४७ प्रिफेक्चरहरूमध्ये, केवल टोकियोमा जनसङ्ख्या वृद्धि भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार