वैशाख १८, २०८१ मंगलबार April 30, 2024

सिड्नीको सपिङ मलमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख १ गते। सिड्नीस्थित एउटा सपिङ मलमा छुरा प्रहार हुँदा ६ जनाको ज्यान गएको छ। घटनामा अन्य दर्जनौ मानिस घाइते भएकाले अस्पताल पठाइएको बिबिसीको समाचारमा उल्लेख छ।

एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको समाचारमा उल्लेख छ। उक्त आक्रमणको घटना लगत्तै भागाभाग भएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले बोन्डाई जक्शनस्थित वेस्टफिल्ड मलमा गोली चलेको बताएका छन्। छुरा प्रहार भएपछि प्रहरीले कारबाही अगाडि बढाएको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘व्यक्ति हताहत भएको’ पुष्टि गर्नुभएको हो। त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका हुन्। बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ। घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बिबिसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार