वैशाख १८, २०८१ मंगलबार April 30, 2024

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामावाद, वैशाख २ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।

दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा बालबालिकाहरूले खेल्दा बारुदीसुरुङमा कुल्चिँदा घटना भएका स्थानीय प्रशासनले जनाएको छ ।

विस्फोटमा घाइते भएकामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया