वैशाख २३, २०८१ आइतबार May 5, 2024

स्पेनिस ला लिगा : फेलिक्सको गोलमा बार्सिलोना विजयी

बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अंकले पछाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले काडिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३७औ मिनेटमा जोआओं फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अंकले पछाडी रहेको छ ।

त्यसैगरी काडिजको भने ३१ खेलमा २५ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया