वैशाख १८, २०८१ मंगलबार April 30, 2024

इरानद्वारा इजरायलमाथि तीन सयभन्दा बढी हवाई आक्रमण

इरानको आक्रमणसँगै इजरायलको पक्षमा अमेरिका र बेलायतको बलियो समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत ७ अक्टोबरमा इजरायलमा भएको प्यालेष्टिनी लडाकु समूहपछि हमासलाई निमित्यान्न पार्ने संकल्पका साथ शुरु भएको इजरायल-हमास युद्धमा आइतबारदेखि इरान पनि प्रत्यक्ष रुपमा देखापरेको छ । वर्षौदेखि छद्म युद्ध गरिरहेका यी दुई प्रमुख विरोधी देश जारी इजरायल-हमास युद्धको ठीक छ महिना एक सातामा पहिलो पटक प्रत्यक्ष रुपमा युद्धको मैदानमा आमनेसामने भएका छन् । इरानको यो आक्रमणसँगै इजरायलको पक्षमा अमेरिका र बेलायतको बलियो समर्थन देखिएको छ ।

शनिबार राति इरानले आफ्नो भूमीबाट तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरु इजरायली भूमीमा प्रहार गरेको थियो । तीमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिएको इजरायलले दावी गरेको छ । इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले त्यहाँको टेलिभिजनमार्फत इजरायली जनतालाई सम्बोधन गर्दै रातभरमा इजरायलमा तीन सय १० वटा क्षेप्यास्त्र तथा डोन आक्रमण गरेको र तीमध्ये ९९ प्रतिशतलाई आकाशमै निस्तेज गरिएको बताउनुभयो ।

उहाँले अधिकांश क्षेप्यास्त्र र ड्रोनहरुलाई इजरायलको हवाईक्षेत्रभन्दा बाहिर नै नष्ट गरिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘एक सय ७० ड्रोन र ३० क्रुज मिसाइल इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि बाहिरै नष्ट पार्न सफल भयौं । एक सय १० ब्यालेष्टिक मिसाइलमध्ये केही इजरायली क्षेत्रमा प्रबेश गरेको छ ।’ उहाँका अनुसार केही क्षेप्यास्त्र इजरायलको सैन्य इलाकामा पनि खसेको र त्यसबाट सामान्य क्षति पुगेको भएता पनि मानवीय क्षति भएको छैन । प्रवक्ता हगारीका अनुसार इरानी आक्रमणमा १२ जना घाइते भएका छन्, तीमध्ये एक सात वर्षकी बालिका पनि छिन् । इरानी क्षेप्यास्त्र आकाशमा निस्तेज गर्ने क्रममा छर्रा लागेर ती बालिका घाइते भएकी हुन् ।

उहाँले केही आक्रमण यमन र सीरियाबाट पनि भएको जानकारी दिंदै इजरायल र इजरायली जनताको रक्षाका लागि आफ्नो सहयोगी र साझेदार राष्ट्रहरुसँग मिलेर पूरा ताकत लगाइरहेको बताउनुभयो । यसैबीच इजरायली एम्बुलेन्स सर्भिसले दक्षिणी अरद क्षेत्रमा विष्फोटनको टुक्राले लागेर घुमंतू जनजातिकी एक जना १० वर्षिया बालिका घाइते भएको जनाएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयका अनुसार अमेरिकी सेनाले इरान, इराक, सीरिया र यमनबाट प्रक्षेपण गरेको दर्जनौं क्षेप्यास्त्र र डोनलाई निस्तेज पारेको थियोे । अमेरिकी राष्ट्रपति जो वाइडनका अनुसार यो आक्रमणअघि नै अमेरिकाले आफ्नो एअरक्राफ्ट र युद्धपोट तयारी अवस्थामा राखेको थियो । अन्तर्राष्टिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सेनाले अज्ञात क्षेत्रबाट जोर्डनको सीमासँग जोडिएको दक्षिणी सीरियामाथि थुप्रै इरानी डोनलाई खसालेको थियो ।

Iran Israel LIVE: More than 300 drones and missiles fired at Israel as  Biden slams 'brazen' attack - World News - Mirror Online

जोर्डनले पनि आफ्नो नागरिकको सुरक्षाका लागि आफ्नो वायुक्षेत्रमा घुसेका थुप्रै क्षेप्यास्त्रहरुलाई खसालेको जनाएको छ । बेलायती रोयल एअरफोर्ट टाइपफून फाइटर जेटलाई तैनाथी अवस्थामा राखिएको र यो जेटले इराक र सीरियामाथि चक्कर लगाइरहेको बताइएको छ ।
फ्रान्सले पनि वायुक्षेत्रमा गस्ती गर्न सहयोग गरेको इजरायली सेनाले जनाएको छ । यद्यपी फ्रान्सको सेनाले कुनै क्षेप्यास्त्र खसाए नखसाएको बारेमा भने जानकारी दिइएको छैन ।

इरानको सेना इस्लामिक रेभोल्युशनरी गार्ड कोर (आईआरजीसी)ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । आईआरजीसीले झण्डै दुई साताअभि गत अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानको दूताबासमा भएको हवाई आक्रमणको प्रतिसोधस्वरुप यो आक्रमण गरेको बताएको छ । आईआरजीसीले जारी गरेको वक्तव्यमा भनिएको छ– ‘सिरियामा इरानी कन्सुलेटको हत्या गर्ने यहुदीवादी (जियोनिस्ट) को अपराधको जवाफमा हामीले ड्रोन र क्षेप्यास्त्रमार्फत कारवाही शुरु गरेका छौं ।’इरानी सेनाका ब्रिगेडियर जनरल मोहम्मद रेजा जहेदीसहित सात जना सैन्य अधिकारीको निधन भएको उक्त आक्रमणको दोष इरानले इजरायलमाथि लगाइए पनि इजरायलले अहिलेसम्म उक्त आक्रमणको जिम्मेवारी लिएको छैन ।

इरानी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति वाइडनसँग टेलिफोन वार्ता गर्नुभएको थियो । उहाँले वार क्याबिनेटको बैठक राखि हाललाई सेनाहरुको बिदा कटौती गरी देशको सुरक्षा प्रणालीलाई सक्रिय बनाउँदै इजरायल रक्षात्मक वा आक्रमक जुनसुकै परिस्थितिका लागि तयार रहेको बताउनुभएको छ ।इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो वाइडनले आफ्नो सप्ताहन्तको बिदा छोट्याउँदै ह्वाइटहाउसमा आफ्ना राष्ट्रिय सल्लाहकार र मन्त्रीहरुसँग बैठक राख्नुभएको थियो । उहाँले इरान र उसका प्रोेक्सीहरुबाट हुने जोखिमको प्रतिकार गर्न इजरायलप्रति अमेरिकाको प्रतिबद्धता ‘फलामे कवच’ सरह हुने बताउनुभएको छ ।

यसैबीच लेबनान र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । इजरायलले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको भएता पनि पछि फेरि खोलेको छ । यद्यपी इजरायलका रक्षामन्त्री याओव गैलांटले संर्घष अहिले खतम नभएको बताएको छ । यसैबीच इरानका आम्र्ड फोर्सेजका चिफ अफ  स्टाफ मेजर जनरल मोहम्मद बाघेरीले यदि इजरायलले इरानसँग यो आक्रमणको बदला लियो भने अबको पालि इरानको सैन्य कारवाही अहिलेको भन्दा पनि कडा हुने चेतावनी दिएको छ ।

इरानले फ्रान्स, जर्मनी र बेलायतबाट आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ । यी राष्ट्रहरुले इरान आक्रमणको भत्सर्ना गरेका कारण इरानले त्यहाँ रहेका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको हो । साथै इरानले आवश्यक परे आफ्नो सुरक्षाका लागि कुनै पनि कडा कदम चाल्न नहिच्किचाउने चेतावनी पनि दिएको छ । इरानी आक्रमणपछि सिरिया र इजिप्टले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई उच्च सतर्कतामा राख्नुका साथै युद्धरत पक्षलाई अधिकतम रुपमा संयमित हुन आह्वान गरेको छ ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले क्षेत्रीय रुपमा युद्ध चर्कने आवस्थाको खतरालाई लिएर आफू गहिरो चिन्तामा परेको भन्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गर्नुभएको छ । नेपालले पनि आफू शान्तिको पक्षमा रहेको भन्दै दुबै पक्षलाई संयमता अपनाउँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

इजरायलको पक्षमा को को उभिए?

अमेरिकी राष्ट्रपति जो वाइडेनले इजरायली जनताको सुरक्षाका लागि अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि इरान आक्रमणको निन्दा गर्दै इजरायल र आफ्ना सबै क्षेत्रिय मित्रहरुको सुरक्षाका लागि बेलायत सर्धै तयार रहने बताउनुभएको छ ।

त्यसैगरी फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको यो कदम अस्थिरताको नयाँ बिन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ । क्यानडा र जोर्डनले पनि इरानी आक्रमणको भत्सर्ना गरेको छ । चीनले भने आफ्ना नागरिकहरुलाई नजिकबाट अवस्थाको निरीक्षण गर्न आग्रह गर्दै सुरक्षित रहन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार
इलाम-२ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा
२०८१ वैशाख १८, मंगलबार