वैशाख १८, २०८१ मंगलबार April 30, 2024

आइपिएलमा कोलकोताले लखनउलाई ८ विकेटले हरायो

लखनउमाथि कोलकोताको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो । यो जारी आइपिएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लखनउको भने यो तेस्रो हार हो । ६ खेलमा ३ जित र ३ हार बेहोरेको लखनउको ६ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार