श्रावण १२, २०८१ शनिबार July 27, 2024

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा हङकङलाई स्तब्ध बनाएको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २०३ रनको लक्ष्य पछाएको हङकङ १८.४ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो । हङकङका लागि कप्तान निजकत खानले सर्बाधिक ७३ रन बनाए भने अन्शुमान रथले २९ तथा जीशान अलीले १८ रन बनाएका थिए ।

त्यस्तै साउदीका बलर उस्मान नाजीब र जैन उल अबिदीनले ३-३ विकेट लिएका थिए भने हिशाम सेखले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मनन अलीले ४४, फैसल खानले ३० र हिशाम सेखले २२ रन बनाएका थिए । यो साउदी अरेबियाको टी-२० क्रिकेटमा हङकङविरुद्ध अहिलेसम्मको पहिलो जित हो ।

साउदी अरेबियाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा आएको छ । त्यस्तै हङकङको भने २ खेलमा यो पहिलो हार हो । २ खेलमा २ अंक हासिल गरेको हङकङ चौथो स्थानमा रहेको छ ।

अब सोमबार हङकङले नेपालको सामना गर्ने छ । त्यस्तै साउदी अरेबियाले मंगलबार कतारको सामना गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार