वैशाख १८, २०८१ मंगलबार April 30, 2024

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल। अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ ।

“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ”, विभागका प्रवक्ता जनान सायेकले भन्नुभयो, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।”

सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि गरिब अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ ।

फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमापातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार