वैशाख १८, २०८१ मंगलबार April 30, 2024

तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको ज्यान गयो

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न,“ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने।
हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्नेमानिस बढी हुने गरेका छन् ।

बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन ढिलाइ गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो ।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताउनुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुनेगर्छ ।

तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ । तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताउनुभयो ।

तान्जानियाले भविष्यमा बाढी रोक्न आवाश्यक बाँध निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । केन्यामा पनि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रवावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार