श्रावण १२, २०८१ शनिबार July 27, 2024

जीतपुरसिमरा गोल्डकप च्याम्पियन बन्यो पुलिस क्लब

मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले जित्यो उपाधी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राती सिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सपल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे ।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सिमीत बनेको थियो । उत्सव राई ८४ औं मिनटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । पुलिसका उज्ववल राई र बीरगञ्ज युनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरुले २५ हजार नगद सहित ट्रफि प्राप्त गरे ।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफि सहित १५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफि आयोजक टिमलेनै प्राप्त ग¥यो ।

मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभीएस स्कुटर प्राप्त गरे ।

नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पुर्वमन्त्री एवं संघीय सांसद कृष्णकुमार श्रेष्ठ, महानायक राजेश हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद पटेल, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली सेनाका सहायक रथी राजेन्द्रमणी गिरी, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, जगदम्बा स्टिलका कृष्णदत भट्ट, नेपाभिट टायल्सका विभा झा लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । सुरुचि भण्डारी, बारा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार