वैशाख १८, २०८१ मंगलबार April 30, 2024

पोखरा महानगरका इन्जिनियर शिव बराल घुस लिएको आरोपमा पक्राउ

सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर अख्तियारको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार