जेठ ७, २०८१ सोमबार May 20, 2024

पाल्पामा आगलागीका घटनामा संलग्न अठार जना पक्राउ

तानसेन, बगनासकाली र रिब्दीकोटका विभिन्न स्थानमा आगोलागीमा संलग्न रहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्पा- पाल्पामा आगलागीका घटनामा संलग्न रहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिब्दीकोटका विभिन्न स्थानमा आगोलागीमा संलग्न रहेको भन्दै प्रहरीले पछिल्लो १५ दिनको अवधिमा १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वनका बुट्यान जलाएर घाँस उमार्ने नाममा बारी तथा खेतका कान्लामा आगो लगाई छाड्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो बारी तथा खेतमा आगो लगाएर छाड्दा वनमा डढेलो लागेको प्रहरीको निष्कर्ष छ । आगोलागीमा संलग्न भएका साना बालबालिकादेखि ९६ वर्षसम्मका बृद्धा रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकालाई एक दिन प्रहरी हिरासतमा राखेर सम्झाईबुझाई गरेपछि आफन्तको जिम्मा लगाइने गरेको छ । डढेलो लगाउने कार्यमा संलग्न अधिकांशले खरबारीमा आगो लगार वेवारिसे छाडेको भेटिएको प्रहरीले जनाएको छ ।

अधिकांश स्थानका मानिसले घाँस उमार्ने नाममा र वज्यजन्तु भगाउने नाममा आगो लगाउने प्रचलनलाई निरुत्साहित गर्न संलग्न मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मानिसको लापरबाहीका कारण पछिल्लो एक महिनायता जिल्लाभर डढेलो बढेको छ । गत वर्ष यही समयमा ५० बढी स्थानमा डढेलो लागेकोमा यो वर्ष बढेर एक सय भन्दा बढी स्थानमा डढेलो लागिसकेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया