वैशाख १८, २०८१ मंगलबार April 30, 2024

मानव-हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।

झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो। त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार छ। २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा एक करोड एक लाख ४४ हजार लागतमा छ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ

मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ। गत असारमा दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा बार लगाइएको हो। बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो। पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ। बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए।

देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन्। वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन्।

विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती बस्ने गरेकामा  त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ। अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ।

‘यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्’, प्रमुख राईले भने। जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ। विसं २०६८ देखि गत वर्षसम्म सात करोड १९ लाख ७० हजार छ सय ९७ पीडितलाई राहत रकम वितरण भएको छ।

हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ। चालु आवमा हात्तीको आक्रमणबाट पाँच सय ३२ घटनाका पीडितलाई एक करोड २६ लाख राहतस्वरुप प्रदान गर्न बाँकी छ। -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार