जेठ ११, २०८१ शुक्रबार May 24, 2024

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

१६ बर्ष अगाडी लागूऔषध कारोबार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार गरेको मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेन अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरेको थियो ।

अहिले पक्राउ गरेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया