वैशाख १९, २०८१ बुधबार May 1, 2024

आजको मौसम : आज केही स्थानमा हुरीबतासको चेतावनी

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ ।

कोशी प्रदेशका पहाडै क्षेत्रका एक-दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
२०८१ वैशाख १९, बुधबार
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
२०८१ वैशाख १९, बुधबार
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
२०८१ वैशाख १९, बुधबार
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
२०८१ वैशाख १९, बुधबार
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार