श्रावण १२, २०८१ शनिबार July 27, 2024

लोकसभा निर्वाचनको तयारीमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन कार्यालय

उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, वैशाख ६ गते ।भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ ।

निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्बन्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

उत्तराखण्डमा हेलिकोप्टरको प्रबन्ध

निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपतकालीन अवस्था नआउने बताउनुभयो ।

“एउटा हेलिकोप्टर गढवालमा र अर्को खकुमाउमा तैनाथ गरिने र तिनलाई आपतकालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यसपटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपतकालीन अवस्था आउने छैन ।’’ जोगडाँडेले भन्नुभयो ।

पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ । यसैबिच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो सङ्ख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गनुभएको छ ।

पूर्व मुख्यमन्त्री रावत र हरिद्वारमा पूर्व मुख्यमन्त्रीका छोराबीच प्रतिस्पार्धा हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा अप्रिल १९ मा आम चुनावको पहिलो चरणमा मतदान हुनेछ ।

यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतका छोरा कांग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा हुने भएको छ ।

हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभा मिलेर बनेको छ । बिजेपीले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सिटमा जित हासिल गरेको थियो ।

उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै पार्टीले राज्यलाई आफ्नो राष्ट्रिय सङ्कल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन् ।

सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीबार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई आ आफ्नो मतदान केन्द्रहरूमा पठाएको छ । डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुँदैछ ।

मतदान कर्मचारी र सुरक्षाकर्मी खटिए

सोनितपुर संसदीय क्षेत्रका लागि बिहीबार असमको सोनितपुरको दराङ कलेजबाट मतदान टोली र सुरक्षाकर्मी पठाउन थालिएको छ ।

अतिरिक्त जिल्ला आयुक्त कविता काकती कोनवरले सोनितपुर आवश्यक मतदान कर्मचारीहरू मतदानमा संलग्न हुने जानकारी दिनुभयो ।

उक्त जिल्लामा करिब एक सय ५० महिला मतदान केन्द्र छन् । सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षक राखिएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वास दिइएको छ ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार