वैशाख २०, २०८१ बिहिबार May 2, 2024

इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो

७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बटुलेको मुम्बई अंकतालिकामा सातौ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १९३ रनको लक्ष्य पछाएको पञ्जावले १९.१ ओभरमा अल आउट हुदै १८३ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

जारी आइपिएलमा मुम्बईको यो तेस्रो जित हो ।  ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बटुलेको मुम्बई अंकतालिकामा सातौ स्थानमा रहेको छ ।

त्यस्तै पञ्जाव किंग्सले भने पाँचौं हार बेहोरेको छ ।  ७ खेलमा २ जित र ५ हारसहित पञ्जावको ४ अंक रहेको छ र नवौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया