भाद्र २९, २०८३ सोमबार September 14, 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७९४ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा १८ हजारभन्दा बढी संक्रमित भेटिँदा ५६९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा संक्रमित भेटिएका छन् भने ५६९ जनाको मृत्यु भएको छ । बिहारमा करिब ८ हजार संक्रमित फेला परेका छन् । यहाँ मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

अहिलेसम्म भारतमा दुई लाख ४८ हजारभन्दा धेरे संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार