वैशाख २५, २०८१ मंगलबार May 7, 2024

आचार्य बन्धु समाजको नयाँ बर्षको क्यालेण्डर बिमोचन

दिल बहादुर आचार्यलाई दोलखा-काठमाडौं सम्पर्क समिति अध्यक्षको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  ८ वैशाख । आचार्य बन्धु समाज नेपालले आफ्नो प्रकाशित २०८१ सालको क्यालेण्डर केन्द्रीय कार्यालयमा विमोचन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले समाजको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा क्यालेण्डर विमोचन गरेका हुन् ।

प्रवक्ता रामहरि आचार्यले पछिल्लो समय आचार्य बन्धु समाजले द्रुत गतीमा आफ्ना कृयाकलाप अगाडी बढाईरहेको र उक्त कार्यका लागि समाजका प्रदेश, जिल्ला तथा स्थानीय तहमा निर्मित समाजलाई आँखा चिम्लेर साथ दिन आह्वान गरे ।

समाजका अध्यक्ष बाबुराम आचार्यले देशभर सबै प्रदेश, जिल्ला, स्थानीय तहसम्म क्यालेण्डर पुर्याईने र उक्त कार्यका लागि सम्बन्धित प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारीले उपल्लो निकायमा सम्पर्क गरी क्यालेण्डर प्राप्त गर्न अनुरोध गरेका छन् ।

उनले आचार्य बन्धु समाज नेपाललाई कौडिन्य गोत्रीय आचार्यहरुको सल्लाह वा ठूला कुरा भन्दा पनि समाजले ल्याएका कार्यहरुको सफलताका लागि बैठक तथा कार्यक्रमहरुमा सहभागीताको जरुरी भएको बताउँदै नुवाकोट, चितवन जिल्ला, सिन्धुली  जिल्लाको आचार्य बन्धु समाजले सिङ्गो समाजको संगठन बिस्तारमा उत्कृष्ट कार्य गरेको भन्दै अन्य जिल्ला तथा स्थानीय तहले पनि समाज प्रवर्धन सम्बर्धन तथा विस्तारका लागि लागि परेर काम गर्नुपर्ने भन्दै अनुरोध गरेका छन् ।

साथै उनले रक्तदान, टोल–खोला-नाला सरसफाई जस्ता सामाजिक कार्यक्रमहरु गरेर समाजलाई सकारात्मक रुपमा चिनाउन लागि पर्न सबै मातहतका समितिहरुलाई निर्देशन दिँदै केन्द्रले मात्र सबै काम गरोस् भन्ने प्रवृति त्याग्न आग्रह गरे ।

आचार्य बन्धु समाजले केही अगाडी मात्र काठमाडौंको चोभारमा बृहत बनभोजको आयोजना गरेको थियो भने नयाँ सालको उपलक्षमा क्यालेण्डर समेत प्रकाशन गरेको छ ।

आजको बैठक तथा क्यालेण्डर बिमोचन कार्यक्रमले आजीवन सदस्य दिल बहादुर आचार्यलाई दोलखा-काठमाडौं सम्पर्क समितिकाे अध्यक्षमा चयनसमेत गरेको छ । कार्यक्रममा सभापतिमा नियुक्त भएका दिल बहादुर आचार्यलाई अध्यक्ष तथा केन्द्रीय समितिका सदस्यहरुले टिका तथा खादा लगाएर बधाईसमेत दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया