वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

आइपिएलमा रुतुराज र केएल राहुललाई १२-१२ लाख जरीवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२-१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।

आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन् । यस सिजन लखनऊ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।

स्लो ओभरका कारण यसअघि विभिन्न आइपिएल टिमका कप्तानलाई जरीवाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

त्यस्तै यस अघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिवाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिवाना गरिएको थियो । सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको थियो । पन्त यस अघि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए

त्यसैगरी यस सिजनमा सिजनको सातौं खेलमा चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिवाना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार