काठमाडौँः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन अलेक्जान्डर आर्नोल्ड, र्यान ग्राभेन्बेर्च र डिओगो जोटाले एक–एक गोल गरे । फुलहमका टिमोथी कासाग्नेले एक गोल फर्काए ।
जितसँगै लिभरपुल ३३ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल समान खेलबाट समान अंकसहित शीर्षस्थानमा रहँदा म्यान्चेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ तेस्रो स्थानमा छ ।
फुलहम ३४ खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया