मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजामा मानवीय सहायताका लागि सामग्रीसहित २७६ ट्रक प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेलअभीभ। इजरायलको कोगाट क्षेत्रहरूमा सरकारी गतिविधिहरूको समन्वयमा मानवीय आपूर्ति बोकेका २७६ सहायता ट्रकहरू गाजामा प्रवेश गर्न अनुमति दिइएको सिएनएनले जनाएको छ ।

गाजा र वेस्ट बैङ्कमा इजरायली प्रशासनका लागि जिम्मेवार इजरायली सैन्य निकाय कोगाटले यो जानकारी सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जाल एक्समा कोगाटले मानवीय आपूर्ति लिएर गाजामा प्रवेश गर्ने ट्रकहरूको भिडियो सार्वजनिक गर्दै यो जानकारी गराएको हो ।

विज्ञप्तिअनुसार ‘इमिराती अस्पतालमा चिकित्सा सहायताका नौ ट्रक र चिकित्सा सहायताका नौ ट्रकहरू आईसीआरसीको समन्वयमा अस्पतालमा पुगेका हुन् ।एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया