वैशाख २२, २०८१ शनिबार May 4, 2024

इजरायली सेनाको गुप्तचर विभागका प्रमुखले दिए राजीनामा

अक्टोबर ७ मा हमासको हमलालाई असफल बनाउन नसकेकोमा लिए जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन् । अक्टोबर ७ मा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ ।

मेजर हलिवाले सेनालाई दिएको राजीनामा पत्रमा लेखेका छन्, ‘अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा घातक हमला गर्‍यो। मेरो नेतृत्वमा काम गर्ने टोलीले त्यो आक्रमण पत्ता लगाउन सकेन। त्यसबेलादेखि म छाती दुखेर बाँचिरहेको छु। त्यसैले मैले पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’

अक्टोबर ७ मा हमासले इजरायलमा ५ हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । इजरायलका अनुसार यस हमलामा १ हजारभन्दा बढीको मृत्यु भएको थियो । सोही समयमा हमासले २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको थियो । यो हमला इजरायलमा हालैको सबैभन्दा ठूलो आक्रमण थियो, जसलाई इजरायली सेनाले रोक्न असफल भएको थियो ।

इजरायलका विपक्षी नेता यायर लापिडले पनि प्रधानमन्त्री नेतन्याहुलाई हमास विरुद्धको युद्धको अन्त्यको प्रतीक्षा नगरी ‘तत्काल’ राजीनामा दिन आग्रह गरेका छन् । ल्यापिडले अक्टोबर ७ को हमलापछि नेतान्याहुप्रति जनताको विश्वास गुमेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार मेजर हलिवापछि अन्य धेरै वरिष्ठ अधिकारीहरूले आक्रमणलाई असफल बनाउन नसकिएको जिम्मेवारी लिएर आफ्नो पदबाट राजीनामा दिन सक्नेछन् । हलिवाले गुप्तचर गल्तीको छानबिनमा सहयोग गर्ने पनि बताएका छन् ।

अर्कोतर्फ, इजरायली सेनाले पनि मेजर हलिभाको राजीनामाको बारेमा एक विज्ञप्ति जारी गरेको छ । सेनाले अर्को गुप्तचर प्रमुख चयन नभएसम्म मेजर हलिवा आफ्नो पदमा रहने जनाएको छ ।

इजरायलमा हमासको आक्रमणपछि नेतान्याहुले युद्धको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल गएर नेतन्याहुलाई भेटेर हमासविरुद्धको लडाइमा समर्थन गर्ने निर्णय गरेका थिए ।

अहिले प्यालेस्टाइनमा ६ महिनादेखि युद्ध चलिरहेको छ । इजरायलको सैन्य अभियानमा ३४,०९७ मानिस मारिएका छन्, जसमध्ये अधिकांश महिला र बालबालिका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार