वैशाख २२, २०८१ शनिबार May 4, 2024

आईपीएल : राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

एमआईका लागि तिलक वर्माले ४५ बलमा ३ छक्का सहित ६५ रनको अर्धशतक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आईपीएल-२०२४ को ३८ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । यो सिजनमा राजस्थानको सातौं जित हो । यो जितसँगै राजस्थान प्लेअफको दौडमा पुगेको छ । टोली १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, मुम्बई पाँचौं हारपछि सातौं स्थानमा झरेको छ ।

सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ दि म्याच सन्दीप शर्मा भए । उनले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए ।

एमआईका लागि तिलक वर्माले ४५ बलमा ३ छक्का सहित ६५ रनको अर्धशतक खेले भने नेहल वढेरा ४९ रन बनाएर आउट भए । मोहम्मद नाबीले २३ रनको योगदान दिए । राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए । युजभेन्द्र चहल र आवेश खानले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा आरआरका ओपनर यशस्वी जैसवालले ६० बलमा अविजित १०४ रनको शतकीय इनिङ्स खेले । उनको आईपीएल करिअरमा यो दोस्रो शतक हो । उनले ९ चौका र ७ छक्का प्रहार गरे । जोस बटलरले ३५ र कप्तान सञ्जु सामसनले अविजित ३८ रनको योगदान दिए । एमआईबाट पियुष चावलाले एक मात्र विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार