असार २३, २०८२ सोमबार July 7, 2025

साउदी अरेबियाले यो वर्ष हज यात्रामा विदेशी यात्रीलाई प्रवेश नदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साउदी अरेबियाले यो वर्ष मुस्लिम तीर्थ यात्रा अर्थात् हज यात्रामा विदेशी यात्रीलाई प्रवेश नदिने भएको छ । साउदी सरकारले देशभित्रका थोरै मानिसमात्र सहभागी भएर हज यात्रा गर्ने तर अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने बताएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्रस्थल मक्का-मदिनामा हज यात्रा गर्छन् । हज यात्रामा सहभागी हुन हरेक वर्ष विश्वभरबाट लाखौँको सङ्ख्यामा मुस्लिमहरु साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने जनाएको हो ।

हज यात्रामा सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले सङ्क्रमणबाट जोगाउन हज यात्रा रोक्नु नै एकमात्र उपाय रहेकोले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएको खबरमा उल्लेख छ ।

साउदी अरेबियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी रहेको छ । साउदीमा कोरोनाको कारढा १३ सयभन्दा बढीको ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार