भाद्र २८, २०८३ आइतबार September 13, 2026

साउदी अरेबियाले यो वर्ष हज यात्रामा विदेशी यात्रीलाई प्रवेश नदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साउदी अरेबियाले यो वर्ष मुस्लिम तीर्थ यात्रा अर्थात् हज यात्रामा विदेशी यात्रीलाई प्रवेश नदिने भएको छ । साउदी सरकारले देशभित्रका थोरै मानिसमात्र सहभागी भएर हज यात्रा गर्ने तर अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने बताएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्रस्थल मक्का-मदिनामा हज यात्रा गर्छन् । हज यात्रामा सहभागी हुन हरेक वर्ष विश्वभरबाट लाखौँको सङ्ख्यामा मुस्लिमहरु साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने जनाएको हो ।

हज यात्रामा सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले सङ्क्रमणबाट जोगाउन हज यात्रा रोक्नु नै एकमात्र उपाय रहेकोले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएको खबरमा उल्लेख छ ।

साउदी अरेबियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी रहेको छ । साउदीमा कोरोनाको कारढा १३ सयभन्दा बढीको ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार