वैशाख २४, २०८१ सोमबार May 6, 2024

आइपिएलमा आज दिल्ली र गुजरातबीच भिडन्त हुँदै

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ बैशाख  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ ।

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार