वैशाख २४, २०८१ सोमबार May 6, 2024

संयुक्त राष्ट्र प्रमुखद्वारा २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन

सबै मुलुकलाई विशेषगरी जी२० सँग आफ्ना प्रयासलाई तीव्रता दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, वैशाख १२ गते । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रय विकास कार्यक्रमको नेतृत्वमा पहलले सामाजिक सञ्चारमाध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निगमहरूसहितको सहभागीहरूको एउटा विविध समूहलाई सङ्गठित गर्दछ । यस फराकिलो पहलले महासचिव गुटेरेसको ‘यो सबै विनाश निराशा होइन’ भन्ने महत्त्वपूर्ण सन्देशलाई जोड दिन्छ ।

“धेरै मुलुकमा जलवायु कार्यमा थप महत्त्वाकांक्षी कदम चाल्ने इच्छा छ तर त्यहाँ कुनै उपाय छ भनेर विश्वलाई परिचालन गर्न आवश्यक छ”, ‘सन् २०२५ सम्म एक दशमलव पाँचभन्दा तलको प्रक्षेपण’ कार्यक्रममा गुटेरेसले भन्नुभयो  ।

गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिनुभयो, “हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहनेछ ।”

महासचिवले भन्नुभयो, “एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा अहिले पनि सम्भव छ तर लामो समयसम्म होइन ।” उहाँले सबै मुलुकलाई विशेषगरी जी२० सँग आफ्ना प्रयासलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

“हामीलाई वित्त प्रवाह गर्न र जलवायु महत्त्वाकांक्षामा वृद्धिलाई सक्षम बनाउन यो वर्ष ठोस कदम चाल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ तपाईंलाई समर्थन गर्नका लागि एकजुट भइरहेको छ, कृपया अवसरको लाभ लिनुहोस्, आउनुहोस् मिलेर जलवायु कार्य योजनाहरूको आगामी चरण सार्थक बनाऔँ ।” रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार