वैशाख २३, २०८१ आइतबार May 5, 2024

पोखरामा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

प्रतियोगितामा ए लेबल मेन्स , सि लेवल मेन्स,   भेट्रान्स र महिला डबल्स गरी चार विधामा झण्डै एक सय छब्बिस टिमको सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । समाज निमार्णमा आजका युवा र खेलकुद भन्ने मुल नाराका साथ लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नंं ३० को भूगोल पार्कमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा ए लेबल मेन्स , सि लेवल मेन्स,   भेट्रान्स र महिला डबल्स गरी चार विधामा झण्डै एक सय छब्बिस टिमको सहभागी हुने कुरा क्लबका अध्यक्ष शरण कुमार प्रधानले आज पत्रकार सम्मेलनमा जानकारी दिइएका हुन् ।

प्रतियोगिताको ए लेवल मेन्स डबल तर्फ प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल हुनेलाई क्रमशः ४१ हजार, २२ हजार, ६÷६ हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै सि लेवल मेन्स डबल तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३५ हजार, १८ हजार र ६÷६ हजार रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ५५ बर्ष माथिका खेलाडीबीच हुने भेन्ट्रान्समा पहिलो हुनेले रु ३० हजार, द्वितीय ले १६ हजार र तृतीय हुनेले रु ५/५ हजार रुपैयाँ नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी महिला डबल तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, द्वितीय १५ हजार र तृतीय हुनेलाई ५÷५ हजार नगद , शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका उपाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० भूगोल पार्कको ब्याडमिन्टन हलमा वैशाख १४ र १५ गते  मध्यान्ह १ बजे हुने कुरा संस्थाका सचिव भविन पुनले जानकारी गरे  ।

प्रतियोगिताका लागि करिब १२ लाख १५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया