असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाविरुद्ध लड्‍न रामदेवले ल्याए ‘कोरोनिल’, सात दिनमा कोरोना निको हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्‍न सक्‍ने औषधि तयार पारेको दाबी गरेको छ।

मंगलबार पतञ्‍जली आयुर्वेदले आयोजना गरेको पत्रकार सम्‍मेलनमा बोल्दै बाबा रामदेवले भनेका छन्, ‘विश्‍वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो। तर आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ। यसको नाम हामीले कोरोनिल राखेका छौँ।’

उनले पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिएका छन्। उनले भनेका छन्, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्‍जलीको स्टोरबाट पाउन सकिन्छ।’ यसका साथै उनले सोमबारसम्‍म एक एप सार्वजनिक गरिने जसको माध्‍यमबाट यो घरघरमा पुग्‍ने दाबी गरेका छन्।

पत्रकार सम्‍मेलनमा उनले आज एलोपेथिक सिष्टमले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्‍जलीले भने क्लिनिल कन्ट्रोलको अध्‍ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरे। उनले भने, ‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन्। कोरोना संक्रमित व्‍यक्ति सात दिनमा सतप्रतिशत ठीक हुन्छ।’

उनले कोरोनाको विरामीलाई कोरोनिलले शतप्रतिशत ‘रिकभर’ र शून्‍य प्रतिशत मृत्युको रेट राखिएको दावी गरेका छन।

आफूमाथि अहिले धेरै प्रश्‍न आए पनि सबै वैज्ञानिक तथ्यहरुलाई आधार मान्दै कोरोनिलको तयार गरेको उनो भनाइ छ। उनले पत्रकार सम्‍मेलनमा भने, ‘हामीसँग सबै प्रश्‍नको जवाफ छ, किनकि हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं।’

यस्तै उनले उक्त औषधि बनाउन स्वदेशी सामग्रीको मात्रै प्रयोग गरी तयार पारिएको बताएका छन। उनका अनुसार उक्त औषधिमा गुर्जो, अश्‍वगन्धा, तुलसी र श्वासारी मिसाएर बनाइएको छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

यसका साथै बाबा रामदेवले कोरोनिल भारतीय ६ सय रुपैयाँमा पाउने जानकारी दिएका छन्। उक्त कोरोना किटमा कोरोनिलका साथै श्‍वासारी बुटी र अणु तेल समेत उपलब्ध हुनेछ। यी तीनवटै औषधि सेवन गर्नाले कोरोना निको हुने रामदेवले दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार