वैशाख २२, २०८१ शनिबार May 4, 2024

इंग्लिस प्रिमियर लिग : घरेलु टोली एभर्टनले लिभरपुरलाई २-० गोलले हरायो

दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ ।

एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो । यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ ।

उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यद्यपी ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ ।

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन । खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृट रह्यो । प्रिमियर लिगमा आज म्यान्चेष्टर सिटी र ब्राइटनसँग प्रतिष्पर्धा गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार