एजेन्सी । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका छन् । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना आआफ्नो ठाउँबाट पछि हट्ने विषयमा सहमति भएको रोयटर्सले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले भारत र चीन दुवै देशले विवाद अन्त्यका लागि सहमति गरेको बताए । उनले भारतीय सेनाको आक्रमणबाट आफ्ना सैनिक मारिएको भन्ने दावी झुटो भएको टिप्पणी गरेका छन ।
मे महिनादेखि गलवान उपत्यका र पाङगोङ तालको स्वामित्वका विषयमा दुवै देशका सैनिकबीच पटक पटक झडप भएको थियो । सहमतिसँगै तत्कालका लागि भारत र चीनबीचको तनाव कम हुने अनुमान गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया