भाद्र २८, २०८३ आइतबार September 13, 2026

भारत र चीनबीच विवादित सीमा क्षेत्रबाट सेना फिर्ता गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका छन् । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना आआफ्नो ठाउँबाट पछि हट्ने विषयमा सहमति भएको रोयटर्सले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन् । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक उच्च अधिकारीसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले भारत र चीन दुवै देशले विवाद अन्त्यका लागि सहमति गरेको बताए । उनले भारतीय सेनाको आक्रमणबाट आफ्ना सैनिक मारिएको भन्ने दावी झुटो भएको टिप्पणी गरेका छन ।

मे महिनादेखि गलवान उपत्यका र पाङगोङ तालको स्वामित्वका विषयमा दुवै देशका सैनिकबीच पटक पटक झडप भएको थियो । सहमतिसँगै तत्कालका लागि भारत र चीनबीचको तनाव कम हुने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार