वैशाख २९, २०८१ शनिबार May 11, 2024

राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ छैटौंपटक च्याम्पियन

एपीएफकी पूजा थारु ‘प्लेयर अफ दि म्याच’ र निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

सातौं संस्करणको समाप्तिमा एपीएफ छैटौंपटक च्याम्पियन बन्यो । छैटौं संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो । त्यो संस्करणको फाइनलमा एपीएफ न्यु डायमन्डसंग चुकेको थियो । अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोविन लिगमा प्रहरी, आर्मी र न्यु डायमन्डलाई हराएको थियो । विजेता एपीएफले चार लाख ९९ हजार तथा उपविजेता प्रहरीले दुई लाख ५० हजार नगद पुरस्कार पाए ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यु डायमन्डले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले पाखा लगायो । राउन्ड रोविन लिगमा पनि न्यु डायमन्डले आर्मीलाई हराएको थियो । न्यु डायमन्डकी रिमा कुँवर ‘प्लेयर अफ दि म्याच’ बनिन् । न्यु डायमन्डले १ लाख २५ हजार तथा आर्मीले ६२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार नगदबाट पुरस्कृत भइन् । प्रहरीकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार नगद पुरस्कार जिते । हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रामाडोल र टापेन्टाडोललाई मनोद्दीपक औषधिको सूचीमा समावेश
२०८१ वैशाख २९, शनिबार
आजको मौसम : यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा
२०८१ वैशाख २९, शनिबार
संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
२०८१ वैशाख २८, शुक्रबार
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार