जेठ ८, २०८१ मंगलबार May 21, 2024

इण्डियन प्रिमियर लिग : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ।

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया