जेठ ८, २०८१ मंगलबार May 21, 2024

आर्मीलाई महिला हक्कीको उपाधि

आर्मीकी कमलदा चन्द प्लेअर अफ दि म्याच घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १८ गते । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । धुलिखेल खेल मैदानमा मङ्गलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गर्नुभयो । सिमा खड्का र कमला चन्दले एक एक गोल थप्नुभयो ।  गण्डकीका लागि सीतामाया बलले सान्त्वना गोल फर्काउनुभयो । आर्मीकी कमलदा चन्द प्लेअर अफ दि म्याच चुनिनुभयो । उपाधिसँगै आर्मीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता गण्डकीले ७५ हजार रुपियाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती तामाङ बेस्ट स्कोरर हुनुभयो । इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके  चुनिनुभयो । बेस्ट गोलकिपरमा गण्डकीकि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ दि टुर्नामेन्ट चुनिनुभयो । विभिन्न विधामा उत्कृष्टलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो । विजेतालाई एमालेका नेता एवं पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार