भाद्र २८, २०८३ आइतबार September 13, 2026

एनआईसी एशिया लघुवित्तको साधारण सेयर (आईपीओ) बिक्री खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार आज देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । १४ गतेसम्म सबै सेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो हो ।

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले ग्रेड ४ प्लस दिएको छ । जसले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

एनआईसी एशिया बैंकको सहायक कम्पनीका रूपमा जाजरकोटको खलङ्गामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १९ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार