जेठ ८, २०८१ मंगलबार May 21, 2024

भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?

कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जनाएका छन् ।

नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।

नेपालबाट कांग्रेसका उदय शमशेर राणा, माओवादीका मात्रिका यादव, एमालेका विष्णु रिमाल, रास्वपाका शिशिर खनाल र जनमतका जयकान्त राउतले प्रतिनिधित्व गर्दै छन् ।

यसक्रममा उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ ।

उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।

यस क्रममा उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
२०८१ जेठ ८, मंगलबार