भाद्र २८, २०८३ आइतबार September 13, 2026

हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् ।

उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

पोखरीको डिल छउको धान खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान साढे ५ बजे प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेज पठाएको थियो ।

उनी बिहान तीन बजे नै घरबाट निस्किएका थिए । प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ ।

ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ । घाइते भेटिएको ठाउँमा एउटा मोबाइल पनि फेला परेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले घाइतेको उपचारसँगै प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताएका छन ।

‘अस्पतालले घाँटीमा गहिरो घाउँ छ, शल्यक्रिया गर्नुपर्छ भनेको छ’, उनले भने, ‘अहिले परिवारका सदस्य र छरछिमेकसँग सोधपुछ गरिरहेका छौं । घाइतेको होस आएपछि उनको पनि बयान लिन्छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार