जेठ ५, २०८१ शनिबार May 18, 2024

वोल्भ्समाथि म्यानचेस्टर सिटी ५-१ ले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल गरेका थिए । त्यस्तै एक गोल जुलियन अल्भारेजले गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि एक गोल ह्वांग ही चानले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी यस सिजनको लिग विजेताको दौडमा प्रबल दाबेदारको रुपमा कायम रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अंक रहेको छ भने आर्सनलको ३६ खेलमा ८३ अंक रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने ३६ खेलमा ४६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार