भाद्र २८, २०८३ आइतबार September 13, 2026

प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्युठान । गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो ।

जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिएका छन ।

मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो ।

तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार