जेठ ६, २०८१ आइतबार May 19, 2024

पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए

मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएपछि जवाफी कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानी सेनाले सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको जनाएको छ।

पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको हो। गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ ।

मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन, तर ‘पाकिस्तानी तालिबान’ लडाकुहरूले यस क्षेत्रमा सुरक्षा बलमाथि आक्रमण गरिरहेका छन्।

10 'terrorists' killed in KP, Balochistan-Pakistan encounters -  Rachristianhs

दोस्रो घटना दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तको हो। मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएपछि जवाफी कारवाहीमा यी चारजना पनि मारिएको सेनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया