जेठ ७, २०८१ सोमबार May 20, 2024

लिभरकुसन र एटलान्टा युरोपा लिगको फाइनलमा

फाइनल खेल मे २२ मा आयरल्याण्डको डब्लिनस्थित अभिभा स्टेडियममा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्मन च्याम्पियन बायर लिभरकुसन र इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा बायर लिभरकुसनले इटालियन क्लब एएस रोमासँग २-२ गोलको बराबरी खेलेपनि पहिलो लिगमा २-० को जितको आधारमा समग्रमा ४-२ को नतिजासहित फाइनलमा पुगेको थियो ।

त्यस्तै एटलान्टाले फ्रेन्च क्लब मार्सेलीलाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पराजित गरेको थियो । यस अघि पहिलो लिगमा दुवै १-१ को बराबरी खेलेका थिए ।

अब यस सिजनको युरोपा लिगको फाइनलमा लिभरकुसन र एटलान्टा खेल्ने भएका छन । फाइनल खेल मे २२ मा आयरल्याण्डको डब्लिनस्थित अभिभा स्टेडियममा हुँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया